विप्लव माओवादीद्धारा १० गते नेपाल बन्दको आह्वान
विदुर खबर
२०७६ असार ६ गते १३:२६
नुवाकोट असार ६, सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्याविरुद्ध नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ४ दिने आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेकपाका महासचिव विप्लवले ४ दिने आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । मुठभेडका नाममा सरकारले देशव्यापी रुपमा निशस्त्र कार्यकर्तामाथि हत्याश्रृंखला बढाएको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरिएको बिज्ञप्तिमा उल्लेख छ ।
आन्दोलनका कार्यक्रमहरु अन्तर्गत आसार ७ गते प्रचार–प्रसार, ८ गते कोणसभा तथा घरदैलो, ९ गते मसाल जुलुस र १० गते नेपाल बन्दको कार्यक्रम तय गरिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया