कांग्रेस नुवाकोटको पहिलो चरणको जनजागरण अभियान सकियो
नुवाकोट जेठ २१, नेपाली कांग्रेसको नुवाकोटको रााष्ट्रिय जनजागरण अभियान अन्र्तगत पहिलो चरणको कार्यक्रम सोमबार सकिएको छ । अभियानको पुर्व मन्त्रि तथा केन्द्रिय सदस्य अर्जुननरसिंह केशी र केन्द्रिय प्रतिनिधि अर्जुनजङ्ग बहादुर सिंहको उपस्थितिमा सकिएको हो ।
कार्यक्रममा पुर्व मन्त्रि तथा केन्द्रिय सदस्य अर्जुननरसिंह केशीले जिल्लामा नयाँ जन निर्वाचित पदाधिकारी आएपछि जनताले के पाए त्यसको जनताले गर्नुपर्ने बताए । उनले विगतका नराम्रा कुरालाई विर्सेर भावी योजना बनाएर अघि बढे सबैको भलो हुने बताए । केशीले रिसिवी लिएर राजनितिमा गरेमा जनताको चाहना पुरा नहुने बताए ।
कार्यक्रममा नुवाकोटको लागि केन्द्रिय प्रतिनिधि रहेका अर्जुनजङ्ग बहादुर सिंहले सबै नेपालीलाई जागरुक बनाउन कांग्रेसले ७७ वट्टै जिल्लामा जागरण अभियान संचालन गरेको बताए । उनले विगतका क्रुटिले पार्टीमा अहिलेको अवस्थामा आएको भन्दै अभियान शुरु भएकै दिनदेखि पार्टीमा नयाँ युग र दिनको शुरुवात भएको र पार्टीमा परितर्वन आउने विश्वास गरे । त्यस्र्तै कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति जगदिशनरसिंह केशीले सरकारले गरेको नराम्रो कामको भण्डाफोर गर्न र पार्टीलाई एकढिक्का बनाएर अघि बढ्न जगारण अभियानले महत्वपुर्ण भुमिका खेलेको बताए । कार्यक्रममामा पुर्व जिल्ला सभापति धुव्र अधिकारी,प्रवत्ता राजु थापालगायतले जागरण अभियानले पार्टीलाई उर्जा प्रदान गरेको बताएका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया