संचारमाध्यमहरुले तथ्य बंग्याए : नुवाकोट जेसीस
विदुर/ बारा र पर्सा जिल्लामा हावाहुरीका कारण घाइते भएकाहरुलाई बुधबार नुवाकोट जेसीस र महिला मानव अधिकार रक्षक सञ्जालले बट्टार बजारबाट मैथली खोल्सासम्म आर्थिक सहयोग संकलन अभियान संचालन गरेको छ । संकलन अभियानमा ५५ हजार रुपैयाँ संकलन भएको नुवाकोट जेसीसका अध्यक्ष दुर्गाराज पाठकले बताए ।
तर केही संचारमाध्यमहरुले बंग्याएर नुवाकोट उद्योग बाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदका उमेदवार रमेश श्रेष्ठले सहयोग संकलन गरेको समाचारप्रति नुवाकोट जेसीसले आपत्ति जनाएको छ । “हाम्रो सहयोग संकलन अभियानमा उमेदवार श्रेष्ठले रु एकहजार सहयोग गरेका हुन संचालित अभियानलाई राजनीतिक रंग दिने गलत प्रबृत्तीले मानव सेवाको क्षेत्रमा लागेकाहरुलाई बिचलित बनाउने दुष्प्रयास भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । विज्ञप्तीमा यस संबन्धि समाचारहरु भ्रामक भएको र यस्ता समाचारहरुमा कुनै सत्यता नभएको समेत जेसीस नुवाकोटले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया