आशा लघुवित्तको आईपिओ भर्ने मंगलबार अन्तिम दिन, करिब १५ गुणा आवेदन
आशा लघुवित्त वित्तीय संस्था (ALBSL) ले माघ १८ गतेदेखि निष्काशन गरेको साधारण शेयर (आईपिओ) मा तीन दिनमा करिब १५ गुणाको आवेदन छ।
सर्वसाधारणमा निष्काशन भएको ६ करोड ३० लाखको शेयरमा माघ २१ गते बेलुका ५ बजेसम्ममा ९२ करोड २ लाख रुपैयाँ बराबरको शेयर माग भएको हो। लघुवित्त कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार सोमबार बेलुकासम्म दुई लाख ४५ हजार आवेदनबाट ९२ लाख २ हजार कित्ता शेयरको लागि आवेदन परेको छ ।
कम्पनीले शुक्रबारदेखि कूल ६ लाख ७४ हजार कित्ता आईपिओ निष्काशन गरेकोमा १० हजार ३७० कित्ता कर्मचारी र ३३ हजार ७०० कित्ता सामूहिक लगानी कोषका इकाईहरुका लागि छुट्टाइएको छ । ६ लाख २९ हजार ९३० कित्ता शेयरका लागि सर्वसाधारणले माघ २२ गते मंगलबारसम्म आवेदन गर्न सक्नेछन् लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट ७७ जिल्लाबाटै आईपिओमा आवेदन गर्न सक्नेछन् भने मेरो शेयर प्रयोगकर्ताले उक्त सफ्टवेयर मार्फत माघ २२ गतेसम्म आवेदन गर्न सक्नेछन् ।
लघुवित्तले निष्काशन गर्न लागेको आईपिओलाई केयर रेटिङ्ग नेपालले ‘केयर एनपि आइपिओ ग्रेड ४’ दिएको छ । यसले कम्पनीको वित्तीय अवस्था औषत भन्दा कमजोर रहेको जनाउँछ । हाल १४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आईपिओ जारी गरेपछि २० करोड ७४ लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ। आईपिओ पश्चात कम्पनीको शेयर स्वामित्व संस्थापकतर्फ ६७.५ प्रतिशत र सर्वसाधारणतर्फ ३२.५ प्रतिशत कायम हुनेछ ।
नुवाकोटको ककनीमा केन्द्रीय कार्यालय रहेको लघुवित्तले देशभरका विभिन्न २४ जिल्लामा ४३ ओटा शाखा कार्यालय स्थापना गरी वित्तीय सेवा प्रदान गर्दै आएको छ । गत भदौ १७ गते आईपिओ निष्काशन गर्ने अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन गरेको लघुवित्तले पुस २९ गते स्वीकृति पाएको थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले २६ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीले चालू आर्थिक वर्षको अन्त्यसम्ममा २ करोड ७५ लाख ६० हजार खुद मुनाफा गर्ने अनुमान गरेको छ । यस्तै आर्थिक वर्ष २०७६/७७ मा ६ करोड २७ लाख ८२ हजार र आर्थिक वर्ष २०७७/७८ मा ६ करोड ८१ लाख ३३ हजार खुद नाफा आर्जन गर्ने लघुवित्तको प्रक्षेपण छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया