घाँस काट्न गएकी ८ वर्षिय बालिकाको ढुङ्गाले थिच्दा मृत्यु
विदुर खबर
२०७५ पुष २८ गते १२:४८
विदुर÷ शिवपुरी गाउँपालिका वडा नं ४ बान्सिडाडामा घाँस काट्न गएकी ८ वर्षिय एन्जल गुरुङको माथिबाट आएको ढुङ्गाले थिच्दा गत बिहिबार मृत्यु भएको छ ।
गाउँपालिकाको वासिन्डांडा सामुदायिक वन क्षेत्रको जंगलमा २ व्यक्तिले भुई तरुल खोज्नको लागि खाल्डो खनि छाडेकोमा १७ वर्षिय बालक आई पुन खाल्डो खन्दा जमिनमा रहेको ढुङ्गा गुल्टिएको थियो । गुल्टिएको सो ढुङ्गाले बालिकालाई लागेको र उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय नुवाकोटका डिएसपी भिललाल भट्टराईले बताए । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया