राजेन्द्र घिमिरे सागरको पहिलो कृति आँखाका भाषाहरु लोकार्पण
विदुर खबर
२०७५ पुष १४ गते २:२४

ककनी।ककनी गाउँपालिका वडा नम्वर २ निवासी श्रष्टा राजेन्द्र घिमिरे सागरको पहिलो कृति आँखाका भाषाहरु गजल सङ्ग्रहको लोकार्पण गरिएको छ ।
गोलढुङ्गा साहित्य परिसद काठमाडौँले प्रज्ञा प्रतिष्ठान कमलादीमा एक समारोह आयोजना गरि घिमिरेको गजल सङ्ग्रह लोकार्पण गरिएको हो । गजल सङ्ग्रहमा ६२ वटा गजलहरु सङ्हित रहेका छन् । सङ्ग्रहित गजलहरुमा देशको समसामयिक बस्तु स्थिति देखि माया पिरतीका कुराहरु समेटिएको गजलकार घिमिरेले बताउनुभएको छ ।
आँखाको भाषाहरु गजल सङ्ग्रहको लोकार्पण गर्नुहुदै डाक्टर घनश्याम परिश्रमीले नेपाली गजलको आकाशमा एउटा इटा थपिएको र थप गजलहरुको सङ्ग्रहको निम्ति पनि कलम चलाइराख्न सुझाव दिनुभएको छ ।गजलबाहेक घिमिरेले मुक्तक र कवितामा कलम चलाउदै आइरहनुभएको छ ।
सम्बन्धित
प्रतिक्रिया