स्थानीय तहमा भएको पुननिर्माणलाई निगरानी राख्न पूननिर्माण समन्वय समिति गठन गरिने
नुवाकोट,राष्ट्रिय पूननिर्माण प्राधिकरणका कार्यकारी निर्देशक शुसिल ज्ञवालीले प्रत्येक स्थानीय तहमा हुने पूननिर्माणलाई निगरानी राख्न स्थानीय पूननिर्माण समन्वय समिति गठन गरिने बताउनुभएको छ ।
विदुर नगरपालिका वडा नम्बर ६ ढुङ्गेटारमा आयोजित प्रतिरोधात्मक पर्वतीय गाउँको हस्तान्तरण कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक ज्ञवालीले पूननिर्माण प्राधिकरणको कार्यवधी २ वर्ष मात्र बाँकी रहेकोले पछिका दिनहरुमा हुने पूननिर्माणका कार्यलाई सहज बनाउन समितिले सहजता प्रदान गर्ने विश्वास लिएको उहाँले बताउनुभएको छ ।
यस्तै कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले इसिमोडलाई जिल्लाको अन्य ग्रामीण भेगका नागरिकलाई समेत लाभ पुग्ने गरी काम गर्न आग्रह गर्नुभएको छ । संघसस्थाहरु गाउँठाउँमा जादा काम जति सवै संघसस्थाले गरेको भन्ने भान नागरिकमा पर्ने हुदा पूननिर्माण सम्वन्धी काम गर्दै आएका विभिन्न संघ सस्थाले स्थानीय तहसँग समन्वय गर्नुपर्ने बताउनुभएको छ । उहाँले ढुङ्गेटारका नागरिकहरुलाई अव जिविकोपाजर्न हुने खालको काम गर्न सुझाव दिनुभएको छ ।
कार्यक्रममा विदुर नगरपालिका मेयर सञ्जु पण्डितले बास्तविक भूकम्प पीडित लाभग्रही सूचीमा नपरेको गुनासो गर्नभएको छ । भूकम्प पिडितको घर जगैसम्म नभए पनि चेकजाच गर्न गएकाहरुले राम्रोसँग ख्याल नगर्दा उनीहरुको गुनासो बढ्दै गएको बताउनुभएको छ । कार्यक्रममा नगरपालिकाका उपमेयर गीता दाहालले आफ्नो गाउँ आफैले बनाउनु पर्ने भएकोले सबै एकजुट भएर लाग्न सुझाव दिनुभएको छ । उहाँले त्यहाँका नागरिकहरुलाई स्वास्थ्य शिक्षा जस्ता विषयमा गम्भिर हुन आग्रह गर्नुभएको छ । सम्पूर्ण नगरवासीको जीवन स्तर उकास्न जस्तो कठिन परिस्थिति आए पनि सामना गर्न प्रतिवद्ध रहेको बताउनुभएको छ ।
ढुङ्गेटारमा इसिमुडले ९० वटा घर निर्माण गर्नको लागि प्रत्येक घरलाई २ लाख रुपैयाँको निर्माण सामाग्री निर्माण गर्न सहयोग गरेको छ । नेपाल सरकारले उपलव्ध गराउने ३ लाख रुपैयाँ र इसिमुडमार्फत प्राप्त भएको निर्माण सामाग्रीले भूकम्प पिडितहरुलाई सहज भएको छ । त्यहाँ रहेका नागरिकहरुलाई आयआर्जनको लागि आर्थिक सहयोग समेत गर्दै आएको इसिमुडका परियोजना संयोजक गोविन्द जोशिले बताउनुभएको छ । ढुङ्गेटारमा ३६ वटा घर आरसिसि ढलान र ४५ वटा घर व्लकबाट निर्माण भएका छन् । ब्लक निर्माणको लागि त्यहाँका नागरिकहरुलाई तालिम दिएर दक्ष बनाइएको छ । आफैले बनाएको ब्लकबाट आफ्नो घर बनाउन पाउदा स्थानीयहरु खुसी भएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया