गेर्खु चोगते सडकखण्डको निर्माण शुरु,सडक निर्माणको लागत साढे २६ करोड रुपैयाँ
गेर्खु। विदुर नगरपालिकाको वडा नं १० फुलबारीदेखि वडा नं ११ को गेर्खु हुँदै सुर्यगढी गाउँपालिकाको बागेश्वरीसम्म जोड्न लागेको बहुप्रतिक्षित गेर्खु चोगते सडकखण्डको निर्माण शुरु भएको छ ।
१३ किलोमिटर ७ सय ६० मिटर कुल लम्बाई भएको सो सडकको ठेक्का संघिय सांसद वहादुरसिंह लामको हिमडुङ एण्ड थोकर कन्स्ट्रक्सन प्रालिलाई परेको अनुदान व्यवस्थापन तथा स्थानिय पुर्वाधार जिल्ला कार्यान्वयन एकाईका निमित्त प्रमुख उशेष श्रेष्ठले बताउनुभयो । २४ महिनाको अवधिमा निर्माण सम्पन्न सक्नुपर्ने सो सडकको लागत २६ करोड ४५ लाख २ हजार २ सय ५३ रुपैयाँ ८९ पैसा रहेको छ ।
सडकको गत असार २२ गते सम्झौता भएको श्रेष्ठले बताउनुभयो । सडक निर्माण समयमै भएमा विदुर नगरपालिका वडा नं १० र ११ का जनताहरु लाभान्वित हुनेछन । सदरमुकाम विदुरबाट मात्र ५÷६ किलोमिटरको दुरीमा रहेको सावकको गेर्खु गाविस सडक संजाल राम्रो नभएकै कारणले विकट मानिएको छ ।
लामोसमयसम्म सडक निर्माण हुन नसक्दा त्यहाँका स्थानियले ज्यान जोखिममा राखेर यात्रा गर्न बाध्य भएका छन । स्थानियबासीले सडक निर्माण भएसँगै खुसी व्यत्त गरेका छन । स्थानिय राजकुमार केशीले सडक निर्माण मात्र नभइ गुणस्तरीय र भरपर्दाे हुनुपर्ने बताए । सडकको चौडाईतर्फ सात मिटर पिच हुने बताइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया