गेर्खुको अजम्बरी साना किसान सहकारीको चौथो साधारणसभा सम्पन्न
गेर्खु, विदुर नगरपालिका वडा नं ११ को गेर्खुमा रहेको अजम्बरी साना किसान सहकारीको संस्था लिमिटेडको चौथो साधारणसभा सम्पन्न आज गेर्खुमा सम्पन्न भएको छ ।
साधारणसभाको उद्घाटन विदुर नगरपालिका मेयर सञ्जु पण्डित, उपमेयर गिता दाहालले संयुत्त रुपमा गरेका थिए । साधारणसभा प्रबन्धक निराजन प्याकुरेलले प्रस्तुत गरेको प्रतिवेदन अनुसार सहकारीको चुत्ता पुजीँ २० लाख २९ हजार चार सय रुपैयाँ छ भने ४९ लाख ६९ हजार ५ सय २३ रुपैयाँ रहेको छ । त्यस्तै सहकारीले एक करोड १२ लाख ६८ हजार एकसय ३३ रुपैयाँ साना किसान लगुबित्त सस्थासँग क्रण लिइएको साधारणसभामा जानकारी दिइएको थियो ।
साधारणसभा विदुरनगरपालिका वडा नं ११ का वडाअध्यक्ष तोयानाथ तिमिल्सेना,कालिका माध्यामिक विद्यालयका प्रध्यानाअध्यापक पुरुषोतम प्याकुरेल,एनजीओ फेडेरेसन नुवाकोटका अध्यक्ष मिनकुमार केशीलगायत सहकारीका सेयरधनीहरुको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया