नुवाकोटमा परे चारसय सवारी कारवाहीमा
विदुर खबर
२०७५ कार्तिक २७ गते १३:२६
नुवाकोट कार्तिक २७, नुवाकोटमा तिहारमा जथाभावी गाडस् चलाउने चारसय सवारी कारवाहीमा परेका छन ।
जिल्ला ट्राफिक कार्यलय नुवाकोटका प्रमुख शम्भु अधिकारी का अनुसार नियमविपरित काम गरेका ४ सय ८ सवारीसाधन कारवाही परेको विदुरखबरलाई बताए ।
कारवाहीमा परेका अधिकांश सवारी चालकले मादकपदार्थ सेवन गरेको, क्षमताभन्दा बढी भार बोकेको, सिटबेल्ट र हेल्मेट नलगाएको र बिलबुक तथा सवारी चालक अनुमतिपत्रविना सवारी चलाएको भेटिएको अधिकारीले बताए । सवारी साधनलाई कारवाही वापत दुई लाख ८ हजार राजस्व सङ्कलन गरिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया