लाङटाङ र गोसाइँकुण्ड पदमार्ग घुम्ने पर्यटनको संख्या बढ्यो
रसुवा कार्तिक २६, रसुवाको गोसाइँकुण्ड र लाङटाङ पदमार्गमा घुम्न जाने आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएको छ ।
पछिल्लो समय लाङटाङ र गोसाइँकुण्ड पदमार्ग घुम्न आउने आन्तरिक पर्यटकको संख्या वृद्धि हुँदै गइरहेको लाङटाङ राष्ट्रिय निकुञ्जले छ । आन्तरिक पर्यटकको संख्या बढेसंगै होटल व्यवसाय समेत फस्टाएको छ । बस्ती नजिकैबाट लाङटाङ ग्लासियर र हिमालको अवलोकन गर्न सकिने भएकाले पर्यटकको रोजाइमा लाङटाङ क्षेत्र पर्ने गरेको छ । लाङटाङ राष्ट्रिय निकुञ्जले असोज २९ गते देखि आन्तरिक पर्यटकको तथ्याङ्क राख्न थालेको हो ।
आन्तरिक पर्यटकसंग प्रवेश शुल्क लिन थालेपछि तथ्याङ्क राख्न थालिएको लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीले बताउनुभयो । निकुञ्जले असोज २९ गते देखि आन्तरिक पर्यटकसंग प्रवेश शुल्क बापत एक सय रुपैयाँ लिंदै आएको छ । तथ्याङक अनुसार असोज २९ गते देखि गत शनिबार सम्म १ हजार ३ सय ४२ जना आन्तरिक पर्यटक निकुञ्ज प्रवेश गरेका छन् । छोटो पदमार्ग भएकाले पनि लाङटाङ क्षेत्रमा स्वदेशी र विदेशी पर्यटकको घुइँचो लाग्ने गरेको निकुञ्जले जनाएको छ । पर्यटकहरु गणेश तथा लाङटाङ हिमालको मनोरम दृश्य, निकुञ्ज क्षेत्र भित्रका जैविक विविधता, गोसाइँकुण्ड, तामाङ कला र संस्कृति, लगायतका विभिन्न क्षेत्रहरुको अवलोकन गर्न लाङटाङ पुग्ने गर्दछन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया