धादिङमा ग्यास बुलेट दुर्घटना, वडा सदस्यसहित २ जनाको मृत्यु
विदुर खबर
२०७५ कार्तिक २५ गते ८:३९
धादिङ , धादिङमा ग्यास बुलेट पल्टेर भएको आगलागीमा २ जनाको मृत्यु भएको छ। बेनिघाट रोराङ गाउँपालिका ५ बिशालटारमा भएको दुर्घटनामा परि सोही वडाकी वडा सदस्य गीता नेपाली र उनकी छोरी सुनिता नेपालीको मृत्यु भएको हो।
बेनीघाट प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक रामु पुरीले घटनाको पुष्टि गरेका छन्। उनले वडा सदस्य नेपाली छोरीसंग हिडिरहेका बखत बुलेटबाट सल्केको आगोमा परेर मृत्यु भएको बताए।
दुर्घटनामा चालक र अर्का एक जना पुरुष सामान्य घाइते भएको उनले बताए। ग्यास बुलेट सडकबाट २० मिटर तल खसेको छ । चालक भारतीय नागरिक भोला कुमारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया