त्रिशुली—काठमाण्डौ रुटमा टिमुरे यातायात संचालन, यात्रुलाई सहज

विदुर खबर २०७५ कार्तिक १७ गते ४:५६

नुवाकोट कार्तिक १७, त्रिशुली—काठमाण्डौ रुटमा टिमुरे वस तथा मिनिवस यातायात प्रालिले गत असोज २६ गतेबाट त्रिशुली–काठमाण्डौ रुटमा यातायात संचालनमा ल्याएको छ ।

Advertisement

प्रालिले शुरुमा दशैलाई लक्षित गरेर चारवटा वसमार्फत सेवा शुरु गरेपनि अहिले १२ बटा बसहरु संचालनमा रहेको यातायात प्रालिका अध्यक्ष प्रकाश जोशीले बताए । नुवाकोटको रुटमा पासाङ ल्हामु यातायात र केरुङको एकलौटी राज रहेको बेला टिमुरेले स्थानिय समुदायहरुसँग मिलेर करिव ५ करोड रुपैयाँको लगानीमा यातायात संचालनमा ल्याएको हो । यातायातको नाम नै टिमुरे भएपनि अहिलेलाई वस संख्या नपुगेकोले त्रिशुली—काठमाण्डौ रुटमा मात्र वस संचालन भएपनि तीन महिनापछि रसुवाको केरुङसम्म वस संचालन गर्ने अध्यक्ष जोशीले बताए । प्रालिले छटपर्व अघि रौतहटको गौरमा समेत यातायात संचालन गर्ने तयारी गरेको छ ।

यसैबिच टिमुरे यातायातले आफुहरुले त्रिशुली—काठमाण्डौ रुटमा वस संचालन गरेसँगै यात्रुहरुले राम्रो प्रतिक्रिया दिएको बताएको छ । प्रालिका अध्यक्ष जोशीले आफुहरुको सेवाले यात्रुहरु खुसी रहेको र अन्य यातायात प्रालिकोभन्दा बढी सेवा पाउने बताए । अन्य वस नचढी किन तपाईको वस चढ्ने भन्ने प्रश्नमा उनले आफुहरु पुर्ण रुपमा व्यवसायमा मात्र केन्द्रित नभएई सेवामा समेत केन्द्रित हुने बताए । उनले केही महिनापछि स्थानिय वृद्धवृद्धा र पत्रकारलाई निशुल्क कार्डको व्यवस्था गर्ने बताए । यातायातले टिकट काट्नको लागि काउन्टर त्रिशुली,बट्टार, देविघाट र काठमाण्डौको माछापोखरीमा राखिएको छ । टिमुरेले १२ ओटा बसमार्फत यात्रुहरुलाई सेवा दिइ रहेको छ ।

Advertisement

प्रतिक्रिया