नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रसुवाको तीनै तहका कमिटीका पदाधिकारी छनोट
रसुवा कार्तिक १५ , नेपाल कम्युनिष्ट पार्टी नेकपा रसुवाको तीनै तहका कमिटीका पदाधिकारीको नाम छनोट गरिएको छ ।
पार्टीको जिल्ला कमिटीले दिएको जानकारी अनुसार वडा, गाउँपालिका र जिल्ला सङगठन कमिटीका पदाधिकारी छनोट गरिएको हो । जिल्ला सङगठन कमिटी १ सय ३५, गाउँपालिका सङ्गठन कमिटी ७५ र वडा सङ्गठन कमिटी २९ सदस्सीय निर्माण गरिएको सङ्गठन कमिटीको निर्माणको लागि गठन गरिएको कार्यदलका सदस्य जनार्दन ढकालले बताउनुभयो ।
गाउँपालिका र वडा सङ्गठन कमिटीको पदाधिकारीको नामावली बुधबार जिल्ला कमिटीमा पेस गरिएको उहाँले बताउनुभयो । ‘तीनै तहका सङ्गठन कमिटीको पदाधिकारीको नाम फाइनल भइसकेको छ’, उहाँले भन्नुभयो, ‘प्रदेश कमिटी र केन्द्रीय कमिटीले अनुमोदन गर्न बाँकी छ ।’
तत्कालीन नेकपा माओवादीको दुई जना र नेकपा एमालेका दुई जना गरी प्रत्येक गाउँपालिकामा चार÷चार सदस्यीय कार्यदल गठन गरिएको थियो । जिल्ला कमिटी सचिवालय सदस्यमध्येबाट उहाँहरूलाई छनोट गरिएका बताइएको छ । जिल्ला कमिटीमा आएको नामावलीको अध्ययन गरेर अनुमोदनका लागि प्रदेश ३ को प्रदेश कमिटीमा सिफारिस गरिने उहाँको भनाई छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया