कक्षा १२ को परीक्षा नरोक्ने बोर्डको निर्णय

विदुर खबर २०८२ वैशाख ९ गते ११:१८

नुवाकोट । शिक्षक आन्दोलन चर्किँदै जाँदा उत्पन्न अन्योलबीच राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएको मितिमा नै सञ्चालन गर्ने निर्णय गरेको छ।

Advertisement

मंगलबार बिहान बसेको बोर्ड बैठकले परीक्षा नरोक्ने अडान लिँदै निर्धारित तालिकाअनुसार वैशाख ११ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय दिएको हो।

शिक्षा ऐन जारी गर्न माग गर्दै नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकमात्र होइन, विद्यालय तहमा कार्यरत कर्मचारीसमेत आन्दोलनरत छन्। गत चैत २० गतेदेखि देशभर शिक्षकहरूले पठनपाठन ठप्प पार्दै सडक आन्दोलन थालेका छन्।

Advertisement

यसैको असरले कक्षा १२ को परीक्षा प्रभावित हुने आशंका गरिएको थियो।

सरकार र शिक्षक महासंघबीच पटक–पटक वार्ता भए पनि अहिलेसम्म कुनै ठोस सहमति बन्न सकेको छैन।

Advertisement

प्रतिक्रिया