कक्षा १२ को परीक्षा केही दिन सर्ने  

विदुर खबर २०८२ वैशाख ८ गते २१:१४

नुवाकोट । राष्ट्रिय परीक्षाबोर्डले यो वर्षको कक्षा १२ को परीक्षा स्थगित हुने भएको छ ।

Advertisement

मंगलबार बिहान ८ बजे बोर्डको बैठक बस्ने तयारी भइरहेको छ । उच्चस्रोतका अनुसार केही दिनको लागि सर्ने सम्भावना रहेको छ । कति दिन सर्ने भन्ने विषयमा बोर्ड बैठकले निर्क्योल गर्नेछ ।

यदी भोलीबाट आन्दोलन रोकियो भनेपनि टाढाबाट आन्दोलनमा आएका शिक्षक दुर्गम जिल्लामा पुग्ने अवस्था रहदैन । उत्तरपुस्तिका पुगिसके पनि केन्द्राध्यक्ष विद्यालयमा पुग्नैपर्छ । अनलाईनबाट प्रश्नपत्र पु¥याएपनि प्राविधिक कारणले केहीदिन सर्न सक्छ । शिक्षक आन्दोलनको कारण परीक्षा स्थगित भएको पहिलोपटक हुनसक्छ ।

Advertisement

परीक्षा स्थगित गर्ने हल्लाले विद्यार्थी त्रासमा छन् । बोर्ड बैठकले आन्दोलनको अवस्था विश्लेषण गरी कति दिन स्थगित गर्ने ? भन्ने विषयमा निर्णय गर्नेछ । सायद शुरुको परीक्षा स्थगित गरेर बाकी परीक्षा यथावत् गर्ने की ? सबै सार्ने भन्ने विषयको निर्णय बोर्ड बैठकले गर्नेछ ।

परीक्षा स्थगित हुँदा तयारीमा रहेको झन्डै ५ लाख ५३ हजार विद्यार्थी अन्योलमा पर्नेछन् । उता शिक्षा, विज्ञान तथा प्रबिधमन्त्रीले राजीनामा दिएको कारण बोर्डलाई परीक्षाको विषयमा कसले सल्लाह दिने भन्ने विषय समेत अन्योलमा परेको छ ।

Advertisement

प्रतिक्रिया