एसियन लाईफ इन्स्योरेन्सद्वारा बीमा दाबी भुक्तानी

विदुर खबर २०८२ वैशाख ६ गते ९:४३

नुवाकोट । एसियन लाईफ इन्स्योरेन्सले बीमा वापतको रकम भुक्तानी गरेको छ ।

Advertisement

इन्स्योरेन्सले बीमित नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १० भैँसेका ईश्वर श्रेष्ठको परिवारलाई जीबन बीमा भुक्तानी गरेको छ ।

बुधवार विदुरमा आयोजित एक कार्यक्रमका बिच एसियन लाईफ इन्स्योरेन्स नुवाकोट शाखा प्रमुख मुकुन्द कोइरालाले मृतकका श्रीमती बनिता श्रेष्ठलाई १० लाख ८२ हजार ६ सय ७१ रुपैयाँको दाबी भुक्तानी रकम हस्तान्तरण गरेका हुन् ।

Advertisement

स्वर्गिय नगरकोटीले एसियन लाईफ इन्स्योरेन्स कम्पनि लिमिटेड नुवाकोट शाखाबाट करिव चा वर्ष अघि ५ लाख रुपैयाँको विमा योजना खरिद गरि वार्षिक ३७ हजार ४ सय ७३ जम्मा गर्दै आएका थिए ।

बिमा रकम भुक्त्तानी दिँदै एसियन लाईफ इन्स्योरेन्स कम्पनि लिमिटेड नुवाकोट शाखा प्रमुख मुकुन्द कोइरालाले बीमितहरुलाई समयमानै दाबी भुक्तानी गर्नु कम्पनीको दायित्व भएकोले दाबी भुक्तानी गरिएको बताए ।

Advertisement

उनले बीमा दाबी भुक्तानी प्रकृया भन्झटिलो र ढिला सुस्ती हुने आम जनमानसमा रहेको भ्रम चिर्नुपर्ने बताए । उनले सरल किसिमले सवमा दाबी भुक्त्तानी हुँदा बीमाप्रति जनविश्वास बढ्ने बताए ।

मृतकको गत चैत्र १० गते घाँस काट्न जाने क्रममा भिरबाट लडेर मृत्यु भएको थियो ।

प्रतिक्रिया