एसइईमा ४ जीपीए ल्याउनेलाई एक लाख पुरस्कार

विदुर खबर २०८२ वैशाख ४ गते १०:२०

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ पिपलटारमा रहेको गुडविल एकेडेमीले एसइईमा ४ जिपीए ल्याउने विद्यार्थीहरुलाई एक लाख रुपैयाँ पुरस्कार दिने भएको छ ।

Advertisement

गुडविल एकेडेमीले आफ्नो विद्यालयबाट एसइईमा ४ जीपीए ल्याउने विद्यार्थीहरुलाई नगद एक लाख रुपैयाँसहित सम्मान गर्ने निर्णय गरेको विद्यालयका संस्थापक प्रिन्सिपल रामराजा कुमालले जानकारी दिए ।

विदुर–५ को एक मात्र संस्थागत विद्यालयको रुपमा रहेको यो विद्यालयले स्थापना कालदेखि नै उत्कृष्ट नतिजा हासिल गरिरहेको छ ।

Advertisement

२०६६ सालमा स्थापना भएको विद्यालयमा हाल ३ सय ५० भन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

विद्यालयमा अहिले डे बोर्डस तथा होस्टलको समेत सुविधा रहेको प्रिन्सिपल रामराजा कुमालले जानकारी दिए ।

Advertisement

गुणस्तरीय शैक्षिक वातावरणको लागि विदुर ५ मा रहेको गुडविल एकेडेमी नै रोजौ ।

जानकारी : यो सामाचार होइन, विज्ञापन समाचार हो ।

प्रतिक्रिया