विदुरको कक्षा ५ र ८ को नतिजा सार्वजनिक

नुवाकोट । विदुर नगरपालिकाको नगरस्तरीय आधारभूत तह उत्तीर्ण परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

शुक्रवार नगरपालिकाले पत्रकार सम्मेलन गरेर नतिजा सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको नतिजा अनुसार कक्षा ८ मा ८१.१८ प्रतिशत र कक्षा ५ मा ८२.१० प्रतिशत उत्तीर्ण भएका छन् ।
गत चैत्र ३ गते बाट सुरु भएको कक्षा ८ को परीक्षामा नगरपालिकामा रहेका ४६ वटा विद्यालयका १ हजार २ सय १७ जना विद्यार्थी सहभागी भएकोमा दुई जना विद्यार्थीले ४ जिपिए प्राप्त गरेका छन् ।
नगरपालिकाको नतिजा अनुसार ४ जिपिए ल्याएर विदुर ४ को पृथ्वी माविका स्मारिक फुयाल र कृष्मा भुजेल प्रथम भएका छन् । यस्तै दोस्रो स्थानमा विदुर १० गेर्खुटारमा रहेको सुन्दरी क्यौरिनी माविका संयोग नेपाल भएका छन् । उनले ३.९८ जिपिए प्राप्त गरेका छन् ।

यस्तै ३.९६ जीपिए प्राप्त गरि ५ जना तेस्रो भएका छन् । जसमा पृथ्वी माविका मित्रराज दाहाल, कञ्चन ढकाल, कल्याणकारी विद्या मन्दिरका सुदिक्षा रिमाल, त्रिभुवन त्रिशुली माविका सशिका तामाङ र सुभेनियर बोर्डिङ स्कुलका अनुस्का श्रेष्ठ रहेका छन् ।
विदुर नगरपालिकाका शिक्षा शाखाका शिक्षा अधिकृत नवराज सापकोटाका अनुसार जिल्लाका १० माध्यामिक विद्यालयका विद्यार्थीहरु कक्षा ८ को परिक्षामा शतप्रतिशत उर्तीर्ण भएका छन् । शतप्रतिशत नतिजा हात पार्नेमा पृथ्वी मावि, ज्ञानकुञ्ज विद्यालय, सामुदायिक विद्या मन्दिर, नेशनल बेथेल एकेडेमी र भैरवी मावि रहेका छन् ।
यस्तै गणेश भ्यु बाटिका, कालिका मावि, स्पार्कल इन्टरनेशनल स्कुल, सुर्यज्योति बोर्डिङ स्कुल र जेडि बोर्डिङ स्कुलका विद्यार्थीहरु शतप्रतिशत उतिर्ण भएका छन् ।

यस्तै नतिजाको आधारमा युनाइटेड आधारभुत विद्यालयको नतिजा सबैभन्दा कमजोर देखिएको छ । विद्यालयबाट ६ जना परिक्षार्थीले परिक्षा दिँदा दुई जना मात्र उत्तीर्ण भएका छन् । जुन प्रतिशतको अधारमा ६६ प्रतिशत फेल हो । यस्तै रामचन्द्र आधारभुत विद्यालयका ६२.५० प्रतिशत अनुत्तीर्ण हुँदा सुलक्षण आधारभुत विद्यालयका ५७.८९ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका छन् ।
यस्तै बागेश्वरी आधारभुत विद्यालयका ५४ प्रतिशत विद्यार्थी फेल भएका छन् भने भैरम माविका ५२ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका हुन् ।
विभिन्न विषयमा अनुत्तीर्ण भएका एकसय ९८ विद्यार्थीहरुले आगामी बैशाख ७ र ८ गते ग्रेडबृद्धि परिक्षामा सहमागिता जनाउन पाउनेछन् ।
गत चैत्र ३ गते बाट नै सुरु गरिएको कक्षा ५ सञ्चालित विद्यालयहरूको नगर स्तरीय परीक्षाको नतिजा समेत सोमबार प्रकाशन गरिएको छ । नगर भित्रका विभिन्न विद्यालयबाट १२ सय ४१ जना विद्यार्थी सहभागी भएको परिक्षामा दुई जनाले ४ जिपिए ल्याएका छन् । ४ जिपिए ल्याउनेमा दुबैजना स्टार बोर्डिङ स्कुलका विद्यार्थी रहेका छन् । स्टारका रिजु श्रेष्ठ र सपना तामाङले ४ जिपिए ल्याएका हुन् ।
यस्तै ३.९७ जिपिए ल्याएर ५ जना विद्यार्थीहरुले दोस्रो स्थान हात पारका छन् भने ३.९५ जिपिए ल्याएर स्टार बोर्डिङकै आरोही भट्टराई तेस्रो भएका छन् ।
कक्षा ५ को एकसय ५५ जना विद्यार्थीहरु आगामी बैशाख ७ र ८ गते ग्रेडबृद्धि परिक्षामा सहभागिताको लागि योग्य रहेका छन् ।
समग्रमा सामुदायिक विद्यालयबाट कक्षा ८ मा ७७ प्रतिशत उत्तीर्ण भएका छन् भने सस्थाागत विद्यालयका ९० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यस्तै कक्षा ५ मा सामुदायिक विद्यालतर्फबाट प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने संस्थागत विद्यालयबाट प्रतिशत उत्तीर्ण भएका छन् ।
दुई विषयसम्म अनुत्तिर्ण भएका विद्यार्थीहरुलाई ग्रेड बृद्धिको लागि अवसर दिइने नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।ग्रेड वृद्धि परीक्षा आगामी बैशाख ७ र ८ गते हुनेछ ।
परिक्षामा कक्षा ५ तर्फ सामुदायिक र संस्थागत गरि ५९ विद्यालयका १२ सय ४६ जना विद्यार्थी सहभागि भएका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया