राउतबेशीमा दीर्घ रोगी पहिचानको लागि स्वास्थ्य परिक्षण

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर ३ राउतबेशीमा दीर्घ रोगीहरुको पहिचानको लागि निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम आयोजना गरिएको छ ।

वडा नम्बर ३ को आयोजनामा राउतबेशीमा भएको बृद्ध तथा फरक क्षमता भएका व्यक्तिहरुसँगको स्वास्थ्यकर्मी भेटघाट कार्यक्रम अन्र्तगत वडाभित्र रहेका ६५ वर्षभन्दा माथि उमेर समुहका जेष्ठ नागरिक तथा दिर्घ रोगीहरुलाई स्वास्थ्य परिक्षण गर्नुको साथै निशुल्क औषधि वितरण गरिएको वडा नम्बर ३ का वडाध्यक्ष धुवकर केसीले जानकारी दिए ।

वडाभित्र रहेका दिर्घ रोगी तथा जेष्ठ नागरिकहरुको पहिचान गरि निशुल्क औषधि वितरण गर्नको लागि कार्यक्रम आयोजना गरिएको वडाध्यक्ष केसीले विदुर खबरलाई जानकारी दिए ।

दिर्घ रोगीको पहिचान गरि घरघरमा पुगेर औषधि वितरण गर्नको लागि स्वास्थ्य परिक्षण कार्यक्रमको आयोजना गरिएको वडाध्यक्ष केसीको भनाई रहेको छ ।

स्वास्थ्य परिक्षणपछि ७६ जना दिर्घ रोगीका विरामी भेटिएको वडाध्यक्ष केसीको भनाई रहेको छ । भेटिएका दिर्घ रोगीहरुमध्ये प्रेसर, सुगर, युरिक एसिड र मुटु रोगसम्बन्धी रोगका विरामी रहेका छन् । यस्तै चेकजाँचका क्रममा केही बाथका रोगीहरु भेटिएको र केही ब्यक्तिहरुमा जटिल समस्या समेत देखिएको भन्दै चिकित्सकहरुले काठमाण्डौ रिफर गरेका छन् ।
पहिचान गरिएको दिर्घ रोगीहरुलाई आगामी वैशाख २ गतेदेखि निशुल्क औषधि वितरण गरिने वडाध्यक्ष केसीले बताए ।

वडा कार्यालयले दिर्घ रोगी तथा जेष्ठ नागरिकहरुलाई स्वास्थ्य चौकीसम्म जानको लागि निशुल्क यातायातको समेत व्यवस्था गरेको थियो ।

कार्यक्रममा झण्डै एकसय ३० भन्दा बढी जेष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण गर्नुको साथै निशुल्क औषधि समेत वितरण गरिएको छ ।

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया