कोइला बोकेको ट्रेलर त्रिशूलीमा खस्यो,एकको मृत्यु
विदुर खबर
२०८१ चैत ११ गते १०:४८

नुवाकोट । मुग्लिन-नारायणगढ सडकखण्डको चौधकिलो भन्ने स्थानमा कोइला बोकेको ट्रेलर त्रिशूलीमा खस्दा चालकको मृत्यु भएको छ । दुर्घटनामा परी सहचालक घाइते छन् ।

दुर्घटनामा परी ट्रेलर चालक रौतहट घर भएका अन्दाजी ३०/३५ वर्षीय रामनारायण यादवको मृत्यु भएको र सहचालक रौतहटकै १९ वर्षीय असुन्द्र कुमार यादव घाइते भएको चितवन प्रहरीले जनाएको छ ।
दुर्घटना आज बिहान करिब साढे ६ बजे भएको बताईएको छ । बागमती प्रदेश ०३-००१ ख ४८७४ नम्बरको ट्रेलर अनियन्त्रित भई त्रिशूलीमा खसेको प्रहरीले जनाएको छ ।
सहचालकको अहिले नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया