अनेरास्ववियु नुवाकोटको अध्यक्षमा प्याकुरेल

विदुर खबर २०८१ फागुन ३० गते २२:१४

नुवाकोट । नेकपा (एमाले) को भातृ संगठन अनेरास्ववियु नुवाकोटको अध्यक्षमा अनिश प्याकुरेल चयन भएका छन् ।

Advertisement

अनेरास्ववियुको १८ औँ जिल्ला अधिवेशनमा भएको सहमति अनुसार उपाध्यक्ष प्याकुरेल स्वतः अध्यक्ष भएका हुन् ।
जिल्ला अधिवेशनको माइन्युटको प्रस्ताव नम्बर ४ को निर्णय अनुसार प्याकुरेल अध्यक्ष चयन भएका हुन् ।

सो प्रस्तावको नम्बर ४ मा अधिवेशनबाट निर्वाचित कमिटीको अध्यक्ष क फैसल दिनले मिति २०८१ साल चैत १ गतेदेखि कमिटीको उपाध्यक्ष अनिश प्याकुरेललाइ पदीय जिम्मेवारी हस्तान्तरण गर्ने र अध्यक्ष क अनिश प्याकुरेल रहने गरी जिम्मेवारी प्रदान गर्ने गराउने भनि प्रतिवद्धता व्यक्र गरियो भनिएको छ ।

Advertisement

वर्तमान कमिटीका अध्यक्ष फैसल दिनले प्रतिवद्धता अनुसार औपचारिक रूपमा पद हस्तान्तरण भने गरेका छैनन् ।

प्रतिक्रिया