नुवाकोटको सिडिओमा घिमिरे

नुवाकोट । नुवाकोटको प्रमुख जिल्ला अधिकारीमा गृह मन्त्रालयले शशिधर घिमिरेलाई पठाएको छ ।

यहाँका सिडिओ रामकृष्ण अधिकारीलाई शुक्रबार गृह मन्त्रालयमा सरुवा गरिएपछि रिक्त पदमा पुख्र्यौली घर गुल्मी रहेका घिमिरेलाई मन्त्रालयबाट सरुवा गरिएको हो ।
नुवाकोट, ककनी गाउँपालिका, थानसिंह पुख्यौली घर भएका अधिकारी गत वर्ष माघ १५ गते नुवाकोटको सिडिओमा सरुवा भई १३ महिना सात दिन सफलतापूर्वक जिम्मेवारी पूरा गरेर सोमबार बिदा भएका छन् ।
मन्त्रीस्तरको निर्णयअनुसार नुवाकोटसहित ६ जिल्लाका सिडिओ परिवर्तन गरिएको थियो । नुवाकोटका सिडिओमा सरुवा भई आएका घिमिरे सोमबार नै जिम्मेवारी सम्हाल्न जिल्ला आइसकेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
घिमिरेको नुवाकोट प्रजिअको जिम्मेवारी चौथो हो । यसअघि उनले स्याङ्जा, बारा र अर्घाखाँचीको सिडिओको जिम्मेवारी सफलतापूर्वक पूरा गरिसकेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया