दुईसय जनालाई निशुल्क चस्मा र औषधी वितरण

विदुर खबर २०८१ फागुन २८ गते ८:५३

नुवाकोट । लायन्स क्लब उर्जाशिल नुवाकोटकले आँखाका विरामीहरुलाई निशुल्क चस्मा र औषधी वितरण गरेको छ ।

Advertisement

नुवाकोटको विदुरमा भएको आँखा शिविरका विरामीहरुलाई निशुल्क चस्मा र औषधीको साथै खाना वितरण गरिएको हो ।

तिलगंगा आँखा प्रतिष्ठान, नुवाकोट रेडक्रस, सामुदायिक आँखा केन्द्र नुवाकोट र लायन्स क्लब उर्जाशिल नुवाकोटको संयुक्त आयोजनामा गरिएको विशेषज्ञ शिविरमा झण्डै दुईसय जनालाई निशुल्क चस्मा र औषधी वितरण गरिएको लायन्स क्लब उर्जाशिल नुवाकोटका अध्यक्ष कृष्ण भट्टले जानकारी दिए ।

Advertisement

उनले बिरामी र विरामीका आफन्तको लागि समेत निशुल्क खानाको व्यवस्था गरिएको जानकारी दिए ।

यस्तै नेपाल रेडक्रस सोसाईटी नुवाकोटका सभापति हरि श्रेष्ठले लायन्स क्लब उर्जाशिल नुवाकोटले निशुल्क खाना खुवाएकोले यस पटकको शिविरमा सहज भएको बताए ।

Advertisement

यसअघि विरामीले खाना र चस्माको लागि शुल्क तिर्नुपर्ने व्यवस्था थियो, लायन्स क्लब उर्जाशिल नुवाकोटले निशुल्क व्यवस्था गरेपछि विरामी र उनका कुरुवा समेत खुशी भएको उनले बताए ।

तिलगंगा आँखा प्रतिष्ठान, नुवाकोट रेडक्रस, सामुदायिक आँखा केन्द्र नुवाकोट र लायन्स क्लब उर्जाशिल नुवाकोटको संयुक्त आयोजनामा गरिएको विशेषज्ञ शिविरमा १८३ जनाको आँखाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको थियो ।

प्रतिक्रिया