देशमा भिजन भएको व्यक्ति नजिन्मएकै हो त ?

विदुर खबर २०८१ फागुन २६ गते २२:१३
सन्तवहादुर घले ।

यहि फागुन २५ गते काठ्मान्डौंमा ,ठुलै संख्यामा मानिसको भेला भयो । यो नकार्न सकिन्न ,यो परिस्थिती कसरी आयो ? प्रश्न तेर्सिएको छ !

Advertisement

देशलाई कुन दिशामा कसरी लाने भन्ने सोच भएको व्यक्तिको आजको मितिसम्म जन्म नभएकै हो त? देशको ठुला राजनैतिकदलहरू एक आपसमा एकले अर्कोलाई औंला ठड्याएरै १९ बर्ष बित्यो। संबिधान परिबर्तन गर्ने उद्देश्य राखी ठुला दुई दल मिली सरकार गठन पनि भयो। यसले कुनै परिवर्तनको संकेत दिने देखिंदैन, त्यसैले यो स्थिती आयो ।

एउटा विद्द्वानले भनेका छन् “कुनै देशलाई बिगार्न पर्यो भने त्यो देशको शिक्षा ध्वस्त पार्नु पर्दछ।“ हाम्रो त शिक्षा क्षेत्र ध्वस्त यसै छ !तपाईंसँग डिग्रीको सर्टिफिकेट छ तर पनि उत्पादनको क्षेत्रमा झिंगा मार्दैन ! २५ बर्ष लगाएर पढेको रोजगार छैन। अब कहाँ जाने ? त्यसैले जस्ले आन्दोलन तय गर्छ त्यहाँ जाने बाध्यता छ ! त्यसकारण देशलाई कुन ठाउँमा कसरी लाने भन्ने कुरो निर्धारण शिक्षाले मात्र गर्न सक्दछ !बिकास निर्माणको रसिलो खाका ,मानिसलाई अनुशासनको दायरमा , नैतिकताको घेरामा , लगनशिलतामा गोरेटोमा लाने त्यो तागत शिक्षाले मात्र राख्न सक्छ ।

Advertisement

त्यो एउटा मात्र भरपर्दो सुत्र हो !अब हामी हरेक मनिसको धारणा सुन्छौं ति सबै गफै मात्र हो। शिक्षाको तत्काल प्रबन्ध मिलाऔं! देश आफै जग बसेर अगाडी बढ्छ। सिप क्षमता मानिसमा भैसके पछी बिदेशिनेको संख्या जिरोमा झर्छ ! कसैले गरेको आन्दोलनमा आयोजक मात्र हुन्छ !सबै मानिस काममा ब्यस्त रहन्छ !बिकास भैसकेको देशमा निर्बाचनको बेला सभा सम्मेलन हुदैन !

उम्मेद्वारको भिजन समाचारबाट सुन्ने हो। मन परे भोट दिन्छ नपरे दिंदैन । यहाँ हाम्रो सडक सरकारी तवरबाट बन्छ ! निर्माण व्यावसायीले काम गर्छ , नागरिकले प्रयोग गर्छ !अरु देशमा कम्पनीले काम गर्छ, त्यही कम्पनिले लगानी गर्छ । नागरिकले कम्पनिलाई कर तिर्छ राज्यलाई कर बुझाऊछ भ्रष्टचार हुदैन !यो काम गराउन स्थानिय तहको तागतले भ्याउँदैन ! त्यसैले हामी सबै यो प्रणाली बिकास गराउन तत्काल संधिय सरकार लाई आहावान गरौं ! शिक्षा ऐन लागु गरौं !

Advertisement

अन्त्यमा लोकतन्त्रको बिकल्प छैन !

सुर्यगढी गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घलेको फेसबुकबाट ।

प्रतिक्रिया