च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा भारत र अस्ट्रेलिया भिड्ने
विदुर खबर
२०८१ फागुन १९ गते ७:०४

नुवाकोट । आईसीसी च्याम्पियन्स ट्रफीको सेमिफाइनल समीकरण पूरा भएको छ ।

आइतबार भएको समूह ए को अन्तिम खेल सकिएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो । सेमिफाइनलमा भारतको भेट अस्ट्रलियासँग हुनेछ भने न्युजिल्याण्डले दक्षिण अफ्रिकासँग खेल्ने छ । भारत समूह ए को विजेता तथा अस्ट्रेलिया समूह बी को उपविजेताका रूपमा सेमिफाइनल खेल्ने छन् ।
त्यस्तै न्युजिल्याण्ड समूह ए को उपविजेता र दक्षिण अफ्रिका समूह बी को विजेताका रूपमा सेमिफाइनल खेल्ने पक्का भएको छ ।
पहिलो सेमिफाइनल भारत र अस्ट्रेलियाको बीचमा मंगलबार दुबईमा हुनेछ भने दोस्रो सेमिफाइनल बुधबार न्युजिल्याण्ड र दक्षिण अफ्रिकाको बीचमा पाकिस्तानको लाहोरमा हुनेछ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया