पौने चार किलो सुनसहित ४ पक्राउ

विदुर खबर २०८१ फागुन १६ गते ७:४६

नुवाकोट । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ३ किलोग्राम ७ सय ४५ ग्राम सुनसहित ४ उज्ज्वेकिस्तानका नागरिकलाई पक्राउ गरेको छ ।

Advertisement

बुधबार राति दुबईबाट फ्लाइ दुबईको उडानमार्फत आएका ३ महिला र एक जना पुरुषले मलद्वारमा लुकाएर ल्याएको उक्त सुन विमानस्थलको सुरक्षामा खटिएको नेपाल प्रहरीको टोलीले पक्राउ गरेको थियो ।


पक्राउ पर्नेमा फेजिभा साउदत, अख्मेदोभा उमेदा, की मारिफालिभा दिलफुजा र तुरसुनोभ सारदोर रहेका छन् । घटनाबारे थप अनुसन्धानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामंगलमा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।

Advertisement

उनीहरू नेपालमा केही दिन बसेर भारततर्फ जाने तयारीका साथ नेपाल आएको पाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया