सिन्धुपाल्चोकमा भूकम्प जाँदा नुवाकोट हल्लियो

विदुर खबर २०८१ फागुन १६ गते ७:३९

नुवाकोट । आज बिहानपख सिन्धुपाल्चोक केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको छ ।

Advertisement

नुवाकोट रसुवा, धादिङ र काठमाण्डौ उपत्यकावासीका समेत निद्रा खल्बलिने गरी गएको भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको भैरवकुण्ड रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

विहान २ बजेर ५१ मिनेटमा गएको भूकम्पको तीव्रता ६.१ म्याग्निच्युड मापन गरिएको छ ।

Advertisement

शक्तिशाली भूकम्पको कारण काठमाडौं उपत्यकावासीलाई समेत ब्युँझाएको थियो ।

भूकम्पले पुर्याएको क्षतिको विवरण आउन बाँकी छ ।

Advertisement

प्रतिक्रिया