नुवाकोटमा भुकम्पको कडा धक्का महसुस

विदुर खबर २०८१ फागुन १६ गते ३:१४

नुवाकोट । नुवाकोटमा शुक्रवार विहानै भुकम्पको कडा धक्का महसुस गरिएको छ।

Advertisement

नुवाकोट रसुवा धादिङ र काठमाडौं उपत्यकामा समेत भुकम्पको कडा धक्का महसुस गरिएको बताइएको छ।

भुकम्पको धक्का आएपछि केहि मानिसहरू घर वाहिर समेत निस्किएका थिए ।

Advertisement

भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको भैरवकुण्ड रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । २ बजेर ५१ मिनेटमा गएको भूकम्पको तीव्रता ६.१ म्याग्निच्युड मापन गरिएको छ ।

भूकम्पले पुर्याएको क्षतिको विवरण आउन बाँकी छ ।

Advertisement

प्रतिक्रिया