नुवाकोटका दुई निर्माण कम्पनीलाई ७ दिने स्पष्टीकरण

विदुर खबर २०८१ फागुन १५ गते १२:५९

नुवाकोट । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले काम सन्तोषजनक नभएको भन्दै नुवाकोटका दुई निर्माण कम्पनीलाई सातदिने स्पष्टीकरण सोधेको छ ।

Advertisement

यसअघि ३० दिनभित्र स्पष्टीकरण बुझाउन भनिए पनि अटेर गरेका निर्माण व्यवसायीहरुलाई अन्तिमपटकका लागि सात दिनको मौका दिइएको हो । यो अवधिमा पनि स्पष्टीकरण नबुझाएमा कालोसूचीमा राख्ने प्रक्रिया अघि बढ्ने सार्वजनिक खरिद अनुगमन कार्यालयका कर्मचारीहरु बताउँछन् ।

सात दिने स्पष्टीकरण सोधिएका निर्माण कम्पनीहरुमा विदुर ४ मा रहेको भिम तामाङ नेतृत्वको ए एण्ड डी कन्स्ट्रक्सन र तादी गाउँपालिका वडा नम्बर ३ मा रहेको सरोज तामाङको नेर्तत्वमा रहेको रोहना, डी एण्ड डि र लियास जेभी रहेका छन् ।

Advertisement

यि दुबै निर्माण कम्पनिलाई कालो सुचिमा राख्न दुप्चेश्वर गाउँपालिकाले सिफारिश गरेको हो ।

हेर्नुहोस् सार्वजनिक खरिद अनुगमन कार्यालयको सूचना –

Advertisement

प्रतिक्रिया