डढेलोबाट बच्न डिभिजन वन कार्यालय नुवाकोटको आग्रह

विदुर खबर २०८१ फागुन १५ गते १२:२३

नुवाकोट । वन क्षेत्रमा लाग्ने डढेलो नियन्त्रणका लागि चनाखो बन्न र तयारी अवस्थामा रहन डिभिजन वन कार्यालय नुवाकोटले आग्रह गरेको छ ।

Advertisement

सुक्खा मौसममा वन क्षेत्रमा हुने आगलागीको कारण धनजनको क्षति हुने भएकाले वन क्षेत्रमा डढेलो लाग्नबाट जोगाउन सबैलाई कार्यालयले अनुरोधसमेत गरेको छ । कार्यालयले वन क्षेत्रमा हुने डढेलो नियन्त्रणका लागि १२ वटै पालिकासँग सहयोग र समन्वय गरी स्थानीयस्तरमा डढेलो नियन्त्रण समिति गठन गरिरहेको कार्यालय प्रमुख रोसना पोखरेलले बताइन् । कार्यालयले पालिकाभित्र रहेको सामुदायिक वनका पदाधिकारी र उपभोक्तालाई सबडिभिजन कार्यालयमार्पmत डढेलो लाग्न नदिन सजगता अपनाउन सचेत गराएको छ ।

सबै सबडिभिजनमा अग्नि नियन्त्रण समूह गठन गरी आगो निभाउन, अग्नि नियन्त्रण रेखा स्थापना गर्नेलगायतको काम भइरहेको छ । जिल्लाको तीन सय ७० वटा सामुदायिक वन समूहलाई डढेलो नियन्त्रणका लागि चनाखो बनाइएको छ । स्थानीय जनप्रतिनिधि र सरोकारवालाबिचको अन्तक्र्रियासहित अग्नि नियन्त्रणका लागि परिचालन गर्न लागिएको कार्यालय प्रमुख पोखरेलले बताइन् ।

Advertisement

पोखरेलले भनिन्, डढेलो नियन्त्रणका लागि आवश्यक सामग्री खरिद गरी समुदायस्तरमा पु¥याउने तयारी भइरहेको छ ।
हरेक सबडिभिजन क्षेत्रमा रहेका नेपाल प्रहरी एवम् सुरक्षाकर्मीलाई अग्नि नियन्त्रण सामग्री उपलब्ध गराउने तयारी रहेका छौँ ।’ वाटरपम्प, फायर स्वाटर, स्याकर र ब्लोरलगायत सामग्री खरिद गरी वितरण गर्ने कार्यक्रम रहेको छ । उनले मध्यवर्ती क्षेत्रबाट डढेलो सल्किने गरेकाले वननजिक रहेका स्थानीयलाई सुक्खा मौसममा बढी सतर्क र सजग रहन आग्रह गरिन् ।

नुवाकोटको ४३ प्रतिशत भूभाग वन क्षेत्रले ओगटेको छ । जिल्लामा आव २०७८÷०७९ मा १५, आव २०७९÷०८० मा सात स्थान र आव २०८०÷०८१ मा १८ स्थानमा मानवीय असावधानीले वन डढेलो लागेको समेत कार्यालयले बताएको छ । जिल्लाको कुल क्षेत्रफल एक लाख सात हजार ६ सय ५६ हेक्टरमध्ये वन क्षेत्र ४५ हजार एक सय ९४ हेक्टर, घाँस क्षेत्र एक हजार एक सय ५१.९२ हेक्टर, कृषियोग्य भूमि ५४ हजार सात सय २१.५४ हेक्टर रहेको छ ।

Advertisement

प्रतिक्रिया