छहरे – टोखा सडकमा टाइम कार्ड लागु

विदुर खबर २०८१ फागुन १४ गते १७:०५
फाईल फोटो ।

नुवाकोट । त्रिशुली -छहरे – टोखा -काठमाडौं सडक खण्डमा संचालन हुने सार्वजनिक यातायातका साधनका लागि टाइम कार्ड लागू गरिएको छ ।

Advertisement

उक्त सडक खण्डमा सार्वजनिक यातायतहरु बढि दुर्घटनामा पर्ने थालेपछि जिल्ला प्रशासन कार्यालय नुवाकोटले टाइमकार्ड लागू गरेको हो ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईले बुधबार जारी गरेको विज्ञप्ति अनुसार फागुन १५ बिहीबारदेखि लागू हुनेगरि टाइमकार्ड निर्धारण गरिएको छ । कार्यालयले सडकको क्षमता र प्रकृति अनुसार टाइमकार्डको सिमाभित्र रहि सञ्चालन गर्न गराउनका लागि समेत आग्रह गरेको छ ।

Advertisement

कार्यालयले जारी गरेको सूचना अनुसार फागुन १२ गते यातायात व्यवसहायीसहित सम्बन्धित पक्ष र सरोकारवालासँगको बैठकपछि यस्तो निर्णय गरिएको जनाइएको छ ।

सूचनामा टाइको समय उल्लेख नगरिएको भएपनि जिल्ला टफिक कार्यालयका नुवाकोटका अनुसार उक्त सडकलाई दुई खण्डमा विभाजन गरिएको छ । जसअनुसार पहिलो खण्डमा ढिकुरे देखि छहरे र दोस्रो छहरेदेखि गुज्रे रहेको छ । सो अनुसार ढिकुरेबाट छहरेसम्म ५.४ किमीका लागि २० मिनेट र छहरेबाट गुज्रे १९.७ मिकिा लागि ५० मिनेट निर्धारण गरिएको छ । पछिल्लो समय नुवाकोट, काठमाडौंका लागि सहज र छोटो बाटोमा रुपमा उक्त सडकलाई लिने गरिन्छ ।

Advertisement

काठमाडौंको सामाखुशीबाट ५४ किलोमिटरको यात्रापछि नुवाकोटको गंगटे पुग्न सकिन्छ । नुवाकोट प्रवेशका लागि यो सबैभन्दा छोटो बाटो हो । बाटोको अवस्था साँघुरो र घुम्ती बढि भएकाले द्रुत गतिमा सवारीसधान सञ्चालन भए दुर्घटनाको सम्भावना बढि हुने गरेको छ । सोही कारण पटक पटक दुर्घटना हुँदै आएको छ । पछिल्लो समय उक्त सडकमा ईभी गाडी बढि चल्ने गरेको छ ।

नुवाकोटमा पासाड.ल्हामु यातायात प्रालि, टिमुरे यातायत, त्रिशुली यातायात र नेपाल माइक्रो कम्पनीले सार्वजनिक यातायातको अनुमति लिएर सञ्चालन गर्दै आएका छन् ।

सवारीसाधानहरु समयमा गन्तव्यमा पुगे नपगेको विषयमा भने टफिक प्रहरीले निगरानी गर्ने बताइएको छ ।

प्रतिक्रिया