सुर्यगढीकी दिक्षा सुनको गहना चोरेको आरोपमा पक्राउ

विदुर खबर २०८१ फागुन ११ गते २१:५४

नुवाकोट । नुवाकोटका सूर्यगढी गाँउपालिका वडा नंम्बर १ को छाँपबाट सुनको गरगहना चोरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् ।

Advertisement

पक्राउ पर्नेमा सुर्यगढी गाउँपालिका वडा नम्बर १ कि दिक्षा तामाङ रहेकी छिन् । उनले स्थानिय विद्यालयमा पढाउने शिक्षिका कुमारी गुरुङको कोठाबाट झण्डै ५ तोला सुनको गरगहना चोरी गरेको आरोप लागेको छ ।

शनिवार विहान गुरुङले नुहाउने क्रममा सुनको गहना चोरी भएको प्रहरीले बताएको छ । गुरुङ नुहाएर कोठामा गएर हेर्दा झोलाभित्र रहेको गरगहना चोरी भएपछि प्रहरीलाई खबर गरेकी थिइन् । ईलाका प्रहरी चौकी चोगतेबाट खटिएको प्रहरीको टोलीले सोधपुछ गर्दा गरगहना तामाङले नै चोरेको पुष्टि भएको थियो ।

Advertisement

चोरी भएको सुनको गहनामा सुनको लकेट, बेरुवा औठीँ, सिक्री सानो तिलहरी र माहिली तिलहरी रहेको प्रहरीले जनाएको छ ।

चोरी आरोपमा पक्राउ परेकी दिक्षा तामाङ ।

तामाङले चोरी गरेको सुनको गरगहना कोठाभित्र रहेको टेवुलको घर्रामा सलमा पोको पारेर लुकाएर राखिएको अवस्थामा फेला परेको थियो ।

Advertisement

चोरी सम्बन्धी कसूरमा पक्राउ परेकी तामाङलाई जिल्ला अदालत नुवाकोट पेश गर्दा ७ पदनको म्याद थप गरि अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया