नुवाकोटमा नसर्ने रोग पहिचानका लागि एक महिने अभियान सुरू

नुवाकोट । नुवाकोटमा नसर्ने रोगहरूको पहिचानका लागि एकमहिने अभियान सुरु भएको छ ।

अभियानमा मधुमेह, रक्तचाप (ब्लडप्रेसर) मापन, मिर्गौलासम्बन्धी रोगको जाँच र उचाइ र तौलको निशुल्क मापन गरिने जनस्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ । ‘समयमै नसर्ने रोगको जाँच गराऊँ, दीर्घ जीवन बाँचौँ’ भन्ने नाराका साथ अभियान सुरु भएको हो ।
अधियान अन्र्तगत जिल्लामा रहेका सबै सरकारी स्वास्थ्य संस्थाबाट एक महिनासम्म निःशुल्क नसर्ने रोगको जाँच हुनेछ । नेपालमा मृत्यु र अपांगताको मुख्य कारण नसर्ने रोगको बढ्दो जोखिमलाई ध्यानमा राखेर यही फागुन महिनाभरि नसर्ने रोगहरूको रोकथाम, प्रारम्भिक पहिचान र व्यवस्थापनका लागि अभियान सञ्चालन गरिएको जनस्वास्थ्य कार्यालय नुवाकोटका कार्यालय प्रमुख महेन्द्रध्वज अधिकारीले जानकारी दिए ।

अभियानमा ३० वर्षभन्दा माथि उमेर समुहका मानिसहरुले नजिकैको वा आफूलाई पायक पर्ने स्वास्थ्य संस्थामा गई नसर्ने रोगको परिक्षण गर्न सक्ने जनस्वास्थ्य कार्यालय नुवाकोटका कार्यालय प्रमुख अधिकारीले बताए ।

यो अभियान जिल्लाका सबै स्थानीय तह अन्तर्गतका सबै स्वास्थ्य संस्थाहरूमा सञ्चालन भइरहेको छ । ‘नसर्ने रोग भयावह छ । यो अभियानमा चार प्रकारका जाँच गरिनेछ । यो महिनामा स्थानीय तहहरुले समेत यसको अभियान चलाउन लागेको छ । जाँच गर्दा कुनै पैसा लाग्दैन । ३० वर्ष पुगेकाले यो जाँच गर्न सक्नेछन्। नसर्ने रोग थाहा भयो भने मानिस स्वस्थ हुन सक्नेछ र दीर्घ जीवन बाँच्नेछ ।’ अधिकारीले भने ।
अभियान अन्र्तगत प्रजातन्त्र दिवसको अवसर पारेर जिल्ला प्रशासन कार्यालय नुवाकोटमा २ सय १८ जना र कारगारमा रहेका झण्डै ३ सय जनाको स्वास्थ्य परिक्षण गरिएको जनस्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
चिकित्सकहरूले केही वर्षदेखि नेपालमा ’नसर्ने रोगहरू विरामीको मृत्युको प्रमुख कारण बनेको’ भन्दै त्यसबारे चिन्ता व्यक्त गरेपछि सरकारले सरकारले फागुज १ गतेबाट नसर्ने रोगहरूको देशैभरि निःशुल्क परीक्षण अभियान सुरु गरेको हो ।
विभिन्न अध्ययनहरूले पनि नेपालमा नसर्ने प्रकृतिका रोगहरू प्रकोप जस्तै गरि बढिरहेको देखाएको छ ।
विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१९ मा गरेको एउटा विस्तृत तथा देशव्यापी अध्ययन प्रतिवेदनअनुसार नेपालमा ७१ प्रतिशत मृत्युको कारण नसर्ने रोग देखिएको छ ।
“मृत्युको कारणमध्ये ७१ प्रतिशत नसर्ने रोग र झन्डै ८ प्रतिशत सडक दुर्घटना देखिएको छ,“ स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नसर्ने रोगहरू प्रायः दीर्घ (क्रोनिक) प्रकारका हुन्छन् । जस्तै– क्यान्सर, मधुमेह, ग्यास्ट्राइटिस, अम्लपित्त, पत्थरी, उच्च रक्तचाप, मुटुका रोगहरू, मिर्गौलाका रोगहरू, हाडजोर्नी तथा नसासम्बन्धी रोगहरू, बाथ, मानसिक रोगहरू, चोटपटक र दुर्घटनाका कारण हुने अशक्तता आदि नसर्ने रोगका उदाहरण हुन् ।
यी हुन् निःशुल्क जाँच हुने रोग
मधुमेह (रगतमा चिनीको मात्रा परीक्षण)
रक्तचाप (ब्लडप्रेसर) मापन
मिर्गौलासम्बन्धी रोगको जाँच
उचाइ र तौलको आधारमा Bmi मापन
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया