विदुरका वडासदस्यलाई त्रिशुली खोलाले बगायो

विदुर खबर २०८१ माघ २६ गते १५:१०

नुवाकोट । विदुर नगरपालिका वडा नं ९ का वडा सदस्यलाई त्रिशूली खोलाले बगाएको छ

Advertisement

शनिबार विहान विदुर ५ स्थित देविघाट जालपा मन्दिर दर्शनार्थ त्रिशूली नदीमा नुवाउने क्रममा विदुर ९ की वडासदस्य धनकुमारी सुनारलाई नदीले बगाएको हो ।

उनको शव महादेवफाँटस्तिथ त्रिशुली खोलामा भेटिएको छ । शवलाई पोष्टर्माटमको लागि त्रिशुली अस्पतालमा राखिएको छ ।

Advertisement

वडा सदस्य सुनार नेकपा एमाले नुवाकोटका जिल्ला कमिटि सदस्य समेत हुन् ।

प्रतिक्रिया