धादिङमा कार र जीप ठोकियो ,चारजना घाइते
विदुर खबर
२०८१ माघ २४ गते २१:४१
![](https://www.bidurkhabar.com/wp-content/uploads/2025/02/CAr-and-balero-accident-at-dhading-benighat.jpg)
नुवाकोट । धादिङ बेनिघाट रोराङ गाउँपालिका-५ चरौदीमा कार र जीप आपसमा ठोक्किदा ४ जना घाइते भएका छन् ।
चितवनबाट काठमाडौंतर्फ आउदै गरेको बा.१२ च.१९१६ नम्बरको कार र विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०१-०२७ च.८५०५ नम्बरको बलेरो आपसमा ठोक्किन ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय बेनिघाटका प्रहरी सहायक निरीक्षक सुवास राईले बताए ।
उनका अनुसार दुर्घटनामा परी घाइते हुनेहरूमा काठमाडौं महानगर- १६ बस्ने ७५ वर्षीय सुबिचिन्न श्रेष्ठ, ४२ वर्षीया गिता श्रेष्ठ, ४३ वर्षीया शारदा ढकाल र ५३ वर्षीया लक्ष्मी श्रेष्ठ रहेका छन् ।
प्रहरीका अनुसार सुबिचिन्नलाई सामान्य चोट लागेको छ भने गीतालाई टाउकोमा सामान्य चोट लागेको छ । यस्तै सारदालाई बाहिरी चोट छैन भने लक्ष्मी श्रेष्ठलाई छातीमा भित्री चोट लागेकाले बोल्न नसक्ने अवस्थामा छिन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया