विदुर नगरपालिकाका शिक्षकहरुलाई आधारभुत खेलकुद तालिम
नुवाकोट । विदुर नगरपालिका भित्र रहेको विद्यालयका खेलकुद शिक्षकहरुलाई आधारभुत खेलकुद तालिम दिइएको छ ।
विदुर नगरपालिकाको आयोजनामा शिक्षकहरुलाई आधारभुत खेलकुद तालिम दिइएको हो । केही समयपछि आयोजना हुन लागेको राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगितालाई लक्षित गर्दै विद्यालयका शिक्षकहरुलाई भलिवल, कवडी र एथलेटिक्स खेलसँग सम्बन्धित खेलकुद तालिम दिइएको विदुर नगर खेलकुद विकास समितिका अध्यक्ष अच्युतराज गिरीले जानकारी दिए ।
उनले तालिमबाट दक्ष प्रशिक्षक उतपादन हुने र तिनै दक्ष प्रशिक्षकहरुले विदुर नगरपालिकाको पहिचान दिन सक्ने गरि खेलाडी उतपादन गर्नमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
यस्तै विदुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शुभाकर पौडेलले विद्यालय तहदेखि नै खेल क्षेत्रको विकास गर्ने उद्देश्य अनुसार विद्यालयहरूका शिक्षकहरूलाई सहभागी गराएर खेलकुद सम्बन्धी तालिम दिएको बताए । उनले तालिममा सिकेको सिप आफ्नो विद्यालयमा अध्ययनरत बालबालिकाहरूलाई सिकाउने विश्वास व्यक्त गरे ।
तालिममा सहभागि भएका खेलकुद शिक्षकहरुले समय अनुसार खेलकुदको नियम परिर्वतन भइरहने हुनाले यस्ता प्रशिक्षण कार्यक्रम प्रभावकारी हुने बताए । सहभागी शिक्षक रामचन्द्र वडालले तालिममा सिकेको शिप विद्यार्थीहरुलाई सिकाएर अब्बल बनाउने बताए ।
तालिममा विदुर नगरपालिका भित्र रहेका सामुदायिक र संस्थागत गरि २३ खेलकुद शिक्षकहरुको सहभागिता रहेको थियो ।
तालिममा रमेश सुनार र मनिष श्रेष्ठले एथलेटिक्स, सन्तोष थापाले कवडी र सुवास पाण्डे र सुमन घलेले भलविल खेलको प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा विदुर नगर खेदकुद विकास समितका सदस्य सुप्पल गुरुङ, आयाशा प्याकुरेल, विदुर नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख नमराज सापकोटा लगायत विभिन्न सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया