सिद्धार्थ होटल वाटर टावरको सरसफाई कार्यक्रम सम्पन्न

विदुर खबर २०८१ माघ २२ गते १८:१०

नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ४ मा रहेको हिमनदि पर्यटन सहकारी संस्थाद्धारा संचालित सिद्धार्थ होटल वाटर टावरले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

Advertisement

सिदार्थ विजनेश गु्रप अफ हस्पिटालिटिको २७ औ वार्षिक उत्सवको अवसर पारेर होटलले विदुर नगरपालिका वडा नम्बर ४ को कार्यालय र स्थानियहरुसँग समन्वय गरेर होटल परिषरदेखि वसपार्क, घण्टाघर र हावाघर क्षेत्रमा सरसफाई कार्यक्रमको आयोजना सम्पन्न गरेको हो ।

सिदार्थ विजनेश गु्रप अफ हस्पिटालिटिको २७ औ वार्षिक उत्सवको अवसर पारेर होटलले एक साता विभिन्न सामाजिक काम गर्ने सिद्धार्थ होटल वाटर टावरका प्रबन्धक मनिक हुमागाँईले जानकारी दिए ।

Advertisement

उनले हरेक संघसंस्थाले आ–आफ्नो ठाउँबाट सरसफाई लगायतका कार्यक्रमहरुको आयोजना गर्दा नगर सफा हुने बताए ।

यस्तै वार्षिक उत्सवकै अवसर पारेर होटलले देविघाटमा रहेको जेष्ट नागरिक अध्ययन तथा संरक्षण प्रतिष्ठानमा रहेका बृद्धबृद्धाहरुलाई बुधवार खाना खुवाउने कार्यक्रम समेत राखेको छ । यस्तै विश्व क्यान्सर दिवसको अवसर पारेर होटलले क्यान्सर रोकाथाममा लाग्ने बताएको छ । खाद्य सुरक्षालाई ध्यान दिएर क्यान्सर विरुद्धको लडाईमा हातेमालो गर्ने होटलले बताएको छ ।

Advertisement

होटल वाटरटावरमा बिगत तीनवर्ष देखी नेपालकै ठूलो हस्पिटालिटी ग्रुप सिद्धार्थ बिजनेश ग्रुपले होटलको ब्यबस्थापन सम्हाल्दै आएको छ ।

प्रतिक्रिया