विदुर प्याब्सनको आधारभुत तहको प्री–बोर्ड परीक्षा शुरु

विदुर खबर २०८१ माघ २२ गते ११:१७

नुवाकोट । निजी तथा आवासीय विद्यालय अर्गानाइजेशन नेपाल (प्याव्सन ) विदुर नगरपालिका अन्तर्गत रहेका विद्यालयहरुको कक्षा ८ को प्री–बोर्ड परीक्षा आजबाट शुरु भएको छ ।

Advertisement

विदुर नगरपालिकाले संचालन गर्ने विदुर नगरपालिका स्तरीय आधारभुत परिक्षाको तयारीको लागि प्री–बोर्ड परीक्षा शुरु गरेको प्याब्सन विदुर कार्य समितिका अध्यक्ष रामराजा कुमालले विदुर खबरलाई जानकारी दिए ।

परिक्षाको लागि गणेश भ्यु वाटिका र ओम माने पब्लिक स्कुलमा सेन्टर तोकिएको छ । परिक्षामा १६ विद्यालयका ३ सय ३४ विद्यार्थी सहभागि छन् ।

Advertisement

आजदेखि संचालन भएको परिक्षा आगामी माघ ३० गतेसम्म संचालन हुने छ ।

 

Advertisement

 

सम्बन्धित समाचार

प्याब्सन विदुरको अध्यक्षमा रामराजा कुमाल

प्याब्सन नुवाकोट जिल्लास्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

 

प्रतिक्रिया