बट्टार क्याम्पसको अध्यक्षमा पुन : श्रेष्ठ

विदुर खबर २०८१ माघ १९ गते २१:४७
अध्यक्षमा निर्वाचित श्रेष्ठ ।

नुवाकोट । नुवाकोट आर्दश बहुमुखी क्याम्पसको अध्यक्षमा पुन : श्रीराम श्रेष्ठ निर्वाचित भएका छन् ।

Advertisement

शनिवार भएको क्याम्पसको १० औ क्याम्पस सभा तथा दोस्रो अधिवेशनले पुन अध्यक्षमा श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको हो ।

अध्यक्ष पदको लागि एक जनाको मात्र उम्मेद्धवारी परेको कारण अध्यक्षमा श्रेष्ठ विजयी भएको निर्वाचन अधिकृत सुकुमान डंगोलले जानकारी दिए ।

Advertisement

अध्यक्षसहित एक महिला सदस्य समेत निर्विरोध निर्वाचित भएका छन् ।

अन्य पदमा भने सहमतिको प्रयास जारी रहेको छ ।

Advertisement

प्रतिक्रिया