साथी उपभोक्ता सहकारीले चुक्ता पुँजी बृद्धि गर्ने

विदुर खबर २०८१ पुष १६ गते १५:३१

नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ४ बट्टारमा रहेको साथी उपभोक्ता सहकारी संस्था लिमिटेडले आफ्नो चुक्ता पूँजी बढाउने भएको छ ।

सहकारीको १५ औ वार्षिक साधारणसभाको उद्घाटन गर्दै जिल्ला सहकारी संघ नुवाकोटका अध्यक्ष गोकर्ण नाथ न्यौपाने ।

Advertisement

सहकारीको गत साता सम्पन्न भएको १५ औ वार्षिक साधारणसभाले सेयर पूजी वृद्धि गर्ने निर्णय गरेको हो । आर्थिक वर्ष २०८०/८१ सम्ममा सहकारीको शेयर पूँजी एक करोड दुई लाख २० हजार पुगेको छ । सहकारीले केहीवर्ष भित्रमा चुक्ता पूँजी वृद्धि गरि एक करोड १३ लाख रुपैयाँ पुराउने लक्ष्य लिएको हो ।

साधारणसभामा संचालका समितिको प्रतिवेदन पेश गर्दे अध्यक्ष शैलेन्द्र बज्राचार्यले शेयर सदस्यहरुको सामाजिक र आर्थिक उन्नतीको लागि सहकारी सदैव लागिपर्ने बताए । उनले सहकारीले आगामी दिनहरुमा उपभोक्तामुखी काम गर्ने समेत प्रतिबद्धता समेत व्यक्त गरे । अध्यक्ष बजा्रचार्यले सहकारीलाई वलियो बनाउन आगामी दिनमा शेयर सदस्यहरुले अनिवार्य मासिक बचत गर्नुपर्ने बताए ।

Advertisement

साधारणसभामा कोषाध्यक्ष रेशमराज अमात्यले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन अनुसार सहकारीले आर्थिक वर्ष २०८०/८१ मा ५ करोड ९४ लाख ५१ हजार ९ सय ६० रुपैयाँ निक्षेप संकलन गरेर ५ करोड ५२ लाख २९ हजार ३ सय ८ रुपैयाँ ऋण लगानी गर्न सफल भएको छ ।

सहकारीले आर्थिक वर्ष २०८०/८१ कुल ९ लाख ६८ हजार ७ सय ८७ रुपैयाँ नाफा कमाउन सफल भएको छ ।

सहकारीका अध्यक्ष शैलेन्द्र बज्राचार्य र कर्मचारीहरु ।

Advertisement

२०६७ साल भदौ ६ गते कार्यालय स्थापना गरि कारोवार शुरु गरेको सहकारीमा अहिले ३ सय ४१ महिला र ६ सय ३ जना पुरुष गरि ९ सय ४४ जना शेयर सदस्य रहेका छन् । सहकारीले हरेक वर्ष लगानीकर्तालाई राम्रो प्रतिफल दिइरहेको छ ।

प्रतिक्रिया