नुवाकोटमा कर्तव्य ज्यान मुद्दाका फरार दोषी २४ वर्षपछि पक्राउ
नुवाकोट । जिल्ला प्रहरी कार्यालय नुवाकोटले कर्तव्य ज्यान मुद्दाका फरार दोषीलाई २४ वर्षपछि पक्राउ गरेको छ ।
विदुर नगरपालिका वडा नम्बर १३ देउडी सुकुम्बासी बस्ने बर्ष ५३ को लक्ष्मण तामाङको हत्या गरेर फरार रहेका नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर ५ काभ्रेगाँउ बस्ने माईला भन्ने छेप्पा तामाङलाई प्रहरी चौकी दानसिंह नुवाकोटबाट खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता तिलक भारतीले जानकारी दिए ।
उनलाई तारकेश्वर गाउँपालिका वडा नमबर ५ लिग्लेनीमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो ।
२०५५ साल बैशाख २० गते लक्ष्मणको हत्या गरि कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका उनलाई उच्च अदालत पाटनले पुर्पक्षका लागि २०५७ माघ ९ गतेको फैसला बमोजिम २० बर्ष जन्म कैद फैसला सुनाएको थियो तर उनी त्यसयता फरार रहेका थिए ।
पक्राउ गरिएका उनलाई जिल्ला अदालत नुवाकोटमा पेस गरेर १९ बर्ष कैद भुक्तानका लागि आजै कारागार कार्यालय नुवाकोटमा चलान गरिएको प्रहरीले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया