पत्रकार श्यामसुन्दर पुडासैनीको निधन
विदुर खबर
२०८१ पुष २० गते ८:१५

नुवाकोट । पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ।
गएराति ११ बजेतिर चावहिलस्थित हेल्पिङ ह्याण्ड्स अस्पतालमा पुडासैनीको निधन भएको हाे।
नेपाल भ्यूज डटकमका उपसम्पादक उनी काम सकेर कार्यालयबाट कपनस्थित कोठामा फर्किएका थिए । कोठामा फर्किएको केहीबेरमै उनी एक्कासी ढलेका थिए । तत्काल घरधनी र छिमेकीले ट्याक्सीमा राखेर चावहिलस्थित अस्पताल पुर्याएका थिए । अस्पताल पुर्याउनासाथ चिकित्सकले उनको निधन भएको घोषणा गरे।
उनलाई हृदयाघात भएको अनुमान गरिएको छ। नुवाकोटका उनले हिमालय टाइम्स,माउण्टेन टेलिभिजन, प्राइभ टेलिभिजन र रेडियो अन्नपूर्णमा समेत काम गरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया