वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्नेमा सरोकारवालाहरुको जोड
नुवाकोट । वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्नेमा सरोकारवालाहरुको जोड दिएका छन् ।
अन्तराािष्ट्रय आप्रवासी दिवसको अवसर पारेर विदुर नगरपालिका सुरक्षित आप्रवासन(सामी) ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रम एवं एकहप्ते सचेतनामुलक कार्यक्रममा बोल्दै सरोकारवालाहरुले वैदेशिक रोजगार नेपालीहरुको बाध्यता भएपनि सुरक्षित बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका हुन् ।
कार्यक्रममा बोल्दै विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले आप्रवासी समस्या समाधान कम गर्नको लागि विदेश जानेहरुले सिप सिकेर जानुपर्ने बताए । उनले विदेशबाट फर्केर आएकाहरुलाई नगरपालिकाले शिप विकास गरेर आत्मनिर्भर बनाइरहेको बताए ।
यस्तै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुभाकर पौडेलले तीनवट्टै सरकारले जनताहरुलाई आयआर्जनको लागि विभिन्न तालिम तथा शिप विकासको कार्यक्रम संचालन गरिरहेकोले त्यसबाट लाभ लिनुपर्ने बताए । उनले स्थानिय युवाहरुले लगानी गर्ने र त्यसको प्रतिफल नपाउँदा यसवाहरु फेरि विदेशिनु परेको भन्दै बजारमा लगानी गर्दा माग र आवश्यकताको हेरेर लगानी गर्दा जोखिममा नपर्ने भन्दै सबैले आवश्यकताको पहिचान गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा विदुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष लिलानाथ न्यौपाने, वडा नम्बर १० का वडाध्यक्ष गणेश नेपाल लगायतले विदेशमा आर्जित रकम र सीपले स्वदेशमा उद्यम र स्वरोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए । उनीहरुले वैदेशिक रोजगारीमा सीप सिकेर जाँदा तलब र सुविधा धेरै हुने भएकोले सीप सिकेर मात्र जानुपर्नेमा जोड दिए ।
कार्यक्रममा वैदेशिक रोजगारीमा गएर फर्किएका, जान लागेका, र रोजगारीको क्रममा समस्यामा परेका व्यक्तिहरूको समेत सहभागिता रहेको थियो ।
सो क्रममा विदुर ११ की सन्तोषी वर्देवाले आफ्नो श्रीमान ऋण लिएर विदेशी गएको धेरै समय नभएपनि कम्पनि खारेज हुन लागेकोले समस्या परेको बताइन् । लद्युवित्तमा घर राखेर बुढा विदेश गएका छन् तर अहिले नै कम्पनि खारेज हुने हल्ला छ त्यो ऋण म कसरी तिरु ? उनले भनिन् । उनले सरकारले जनतालाई आर्थिक सहयोग नभई शिप दिनुपर्ने बताइन् ।
कार्यक्रममा नुवाकोटबाट श्रम स्वीकृत गरि वैदेशिक रोजगारीको विदेश लागि गएका ७ जनाको मृत्यु भएको र तीमध्ये २ जनाको विमा वापतको क्षतिपूर्ती रकम आइसकेको सामी परियोजनाका अस्मीता थापाले जानकारी दिइन् ।
कार्यक्रममा विभिन्न सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया