नुवाकोटमा पहिलो पटक ईभीको फ्रि चेकअप क्याम्प सम्पन्न

विदुर खबर २०८१ मंसिर ३० गते १०:०४

नुवाकोट । नुवाकोटमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोगलाई प्रोत्साहन गर्न टिमुरे यातायात प्राली र फ्युचर स्टार मोर्टस प्रालिको संयुत्त आयोजनमा फ्री चेक अप क्याम्प सम्पन्न भएको छ ।

Advertisement

नुवाकोटमै पहिलो पटक विदुर १ को त्रिशुली वसपार्कमा टिमुरे यातायात प्रालीले विद्युुतिय गाडीहरुको निशुल्क क्याम्पको आयोजना गरेको हो । क्याम्पमा झण्डै ४ दर्जन विद्युतीय सवारी साधनहरुको चेकजाँच गरिएको टिमुरे यातायात प्रालीका अध्यक्ष प्रकाश जोशीले जानकारी दिए ।

Advertisement

उनले नुवाकोटमा ईभी गाडीहरु संचालन भएको एक वर्षभन्दा बढी भइसकेको अवस्थामा गाडीहरुको अवस्था र यात्रुहरुको सुरक्षालाई ध्यान दिएर निशुल्क चेक अप क्याम्प आयोजना गरिएको बताए । क्याम्पमा ईभीको जनरल लगायत अन्य चेकजाँच हुने उनले बताए ।

यस्तै फ्युर स्टार मोर्टसका मेकानिक जागेश्वर शाहले क्याम्पको उद्देश्य ईभीरुको अवस्था जाँच्नु र कुनै समस्या भएमा त्यसको समाधान गर्नु रहेको बताए । ईभीप्रति बजारमा नकरात्मक हल्ला रहेपनि यसमा कुनै जोखिम नरहेको बताए ।

Advertisement

नुवाकोटमा अहिले झण्डै दुई सय ईभी गाडीहरु संचालनमा छन् । ती मध्ये टिमुरे यातायात प्रालिको मात्रै ६५ ओटा ईभी माइक्रो संचालनमा रहेको छ ।

प्रतिक्रिया