त्रिशुली अस्पतालको अध्यक्षमा बुढाथोकी
विदुर खबर
२०८१ मंसिर २७ गते १६:३९
नुवाकोट । त्रिशुली अस्पतालको संचालन तथा व्यवस्थापन समितिको अध्यक्षमा उपेन्द्र बुढाथोकीलाई मनोनयन गरिएको छ ।
बिहिबार बाग्मति प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले बुढाथोकीलाई अस्पतालको अध्यक्षको जिम्मा दिएको हो ।
मन्त्रालयको आज बसेको मन्त्रीस्तरीयै बैठकको निर्णय अनुसार “प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ को पहिलो संसोधन २०८१“ को दफा २६ ख. उपदफा २ को काम, कर्तव्य र अधिकार बमोजिमको कार्यसम्पादन गर्न दफÞा २६क. उपदफा (९) बमोजिमको पदावधि कायम हुने गरि दफÞा २६क. उपदफा (२) बमोजिम त्रिशुली अस्पताल, नुवाकोटको संचालन तथा व्यवस्थापन समितिको अध्यक्ष पदमा उनलाई मनोनित गरिएको बाग्मति प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको निमित्त सचिव सागर घिमिरेले जानकारी दिए ।
विदुर १० भैँसे घर भएका बुढाथोकी नुवाकोट उद्योग वाणिज्य संघका महासचिव समेत रहेका छन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया