तारकेश्वरमा अशक्तलाई बाख्रा हस्तान्तरण
नुवाकोट । नुवाकोटको तारकेश्वरमा अपाङ्गता भएकालाई पुनर्स्थापना कार्यक्रम सञ्चालन गरिएको छ ।
कार्यक्रम अन्तर्गत अपाङ्गता भयकालाई बाख्रा हस्तान्तरण गरिएको छ । अपाङ्गता मानव अधिकार मञ्च नुवाकोटले र बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा जीविकोपार्जन कार्यक्रम अन्तर्गत तारकेश्वर गाउँपालिकाका अपाङ्गता भएका १० जनाको लागि बाख्रा हस्तान्तरण गरेको हो ।
तारकेश्वर १ दाङसीङमा वास्तविकता पहिचान गरी बाख्रा हस्तान्तरण गरिएको आयोजकले जनाएको छ । तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरलले अपाङ्गता भएकाहरूलाई बाख्रा हस्तान्तरण गरे ।
उनले अपाङ्गको प्रोत्साहन, आत्मसम्मान तथा स्वरोजगारका लागि गाउँपालिकाले समेत विशेष कार्यक्रम सञ्चालन गरेको समेत बताए ।
अध्यक्ष अधिकारीले अपाङ्गता भएकाहरूलाई केहि दिनमै जाडोमा आगो ताप्नका लागि ४० थान हिटर प्रदान गर्ने प्रतिबद्धता जनाए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया