प्याब्सन विदुरको अध्यक्षमा रामराजा कुमाल
विदुर खबर
२०८१ मंसिर २३ गते १०:४७
नुवाकोट । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल ( प्याब्सन) विदुर नगर कार्यसमितिको अध्यक्षमा रामराजा कुमाल चयन भएका छन् ।
शनिवार भएको प्याब्सन विदुर नगर कार्यसमितिको तेस्रो अधिवेशनले कुमालको नेतृत्वमा कार्यसमिति चयन गरेको हो । यस्तै कार्य समितिको सचिवमा हिराजीत सुनार र कोषाध्यक्षमा राजीव अधिकारी चयन भएका छन् ।
अध्यक्षमा निर्वाचित भएका कुमाल विदुर ५ मा रहेको गुडविल एकेडेमीका प्रध्यानाअध्यापक हुन् ।
कार्यक्रममा प्याब्सनका केन्द्रिय सदस्य नारायण भण्डारी, जिल्ला अध्यक्ष तारावहादुर कार्की, बाग्मति प्रदेशका संस्थापक अध्यक्ष रामहरि रिमाल, पुर्व केन्द्रिय सदस्य विजय श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया