आइतबार र सोमबार वर्षाको सम्भावना
नुवाकोट । यो वर्षको हिउँदको पहिलो वर्षा आइतबार र सोमबार हुने सम्भावना रहेको मौसमविदले बताएका छन् ।
वर्षापछि जाडो पनि अहिलेको तुलनामा बढ्ने छ । यो वर्षाको असर पूर्व र मध्यको तुलनामा सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा बढी पर्ने सम्भावना छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा पश्चिमको तुलनामा कम प्रभाव हुने छ ।
पानी परिहाले पनि हल्का खालको मात्र हुने सम्भावना छ । काठमाडौं लगायत मध्य र पूर्वी भेगमा भने बादल लाग्ने र जाडो बढी हुने पूर्वानुमान छ ।
त्रिभुवन विश्वविद्यालयको मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले पश्चिमी वायुको असरले आइतबार र सोमबार वर्षाको सम्भावना रहेको बताए । तीनवटै मोडेलले वर्षा हुने देखाएको उनको भनाइ छ ।
जल तथा मौसम विज्ञान विभागले अहिले भने नेपालमा कुनै पनि मौसमी प्रणालीको असर नरहेको जनाएको छ । तराई मधेशका जिल्लाहरुमा बिहानपख हुस्सु कुहिरो लागे पनि अन्य अवस्था सामान्य रहेको विभागले जनाएको छ ।
विभागले भने तीन दिन भन्दा धेरैको मौसम पूर्वानुमान गर्दैन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया