ककनी–२ को मत परिणाम आजै आइसक्ने
विदुर खबर
२०८१ मंसिर १६ गते २०:५३
नुवाकोट । ककनी गाउँपालिका–२ को वडाअध्यक्ष पदको नतिजा आजै आउने भएको छ ।
काउलेथाना निर्वाचन कार्यालयमा मतपेटिका ल्याइएको र केहीबेरमा सर्वदलीय बैठक राखेर मतगणना सुरु हुने मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत सुनिल आचार्यले जानकारी दिए ।
आजै अन्तिम मतपरिणाम सार्वजनिक भइसक्ने पनि उनले बताए । यहाँ ७० दशमलव शुन्य ६८ प्रतिशतले मतदान गरेका छन् । रिक्त वडाध्यक्षपदको मतदानमा २ हजार २२५ जनाले मतदान गरेका छन् ।
यस वडामा कुल मतदाता संख्या ३ हजार १७३ जना मतदाता थिए। जसमध्ये १ हजार ३० मतदातामध्ये ७ सय ४ जनाले मतदान गरेका छन् ।
यसैगरी, अर्को मतदानस्थल ओखरपौवाको शिवालय माविमा २ हजार ६१ जना मतदाता रहेकोमा १ हजार ५२१ जनाले मतदान गरेका छन् ।
Advertisement
वडामा वडाअध्यक्ष पदका लागि ११ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया